वीरगंज, फाल्गुन २१,

आज भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पर्सा जिल्लाको क्षेत्र नम्बर–२ का विभिन्न मतदान केन्द्रहरूमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ ।

क्षेत्र नम्बर–२ अन्तर्गत रहेको वडा नम्बर–२५ को एक मतदान केन्द्रमा अहिलेसम्म:

महिला: ७५६ जना

पुरुष: १०१० जना

अन्य: १ जना

गरी कुल १७६७ जनाले मतदान गरिसकेका छन् ।

त्यसैगरी सोही क्षेत्रको वडा नम्बर–२५ अन्तर्गत रहेको अर्को मतदान केन्द्र (बुथ) मा:

महिला: ७०३ जना

पुरुष: ८९७ जना

गरी कुल १६०० जनाले मतदान गरिसकेका छन् ।

हालसम्म दुबै मतदान केन्द्रहरूमा मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा भइरहेको स्थानीय स्रोतहरूले जानकारी दिएका छन् ।