२९ असार बीरगंज  – सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु.गुल्म, बीरगंजको डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामानहरू नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।

बीरगंज महानगरपालिका वडा नं. १६, नगुवा गाउँस्थित डम्पिङ साइट नजिकबाट पाँच वटा साइकलमार्फत ल्याइँदै गरेको रु. ७,६७,९०० बराबरको कपडा तथा साइकलहरू सहित सो कार्यमा संलग्न व्यक्तिले प्रयोग गरेको ना १६ प ६२७५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको मोटरसाइकलको भन्सार मूल्याङ्कन रु. १,५०,००० गरिएको छ। उक्त सम्पूर्ण सामानहरू आवश्यक कारबाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

यसैगरी, आजकै मितिमा गुल्मले बीरगञ्ज महानगरपालिका–१६ स्थित विभिन्न सीमा नाकाहरूबाट भन्सार छली लुकाइछिपाई सवारी साधनमा लोड गरी ल्याइएको रु. ४,२६,१२० बराबरको इलेक्ट्रोनिक सामग्रीलगायत अन्य सामानहरू पनि नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना

अधिकारी देबेन्द्र बहादुर सिंहका अनुसार सीमा क्षेत्रमा निगरानी तथा गस्ती कार्य थप सशक्त बनाइएको छ र अवैध क्रियाकलापविरुद्ध निरन्तर कारबाही जारी रहनेछ।