९ साउन बीरगञ्ज -वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगर ग्रीन सिटी समुदायिक सेवा केन्द्र, तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्रको प्राङ्गणमा समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भई आउनु भएकी प्रहरी निरीक्षक निता थापा ज्यु सँग परिचयात्मक तथा चियापान कार्यक्रम गरिएको छ ।
ग्रीन सिटी समुदायिक सेवा केन्द्र तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान ज्यु को अध्यक्षतामा र यस केन्द्रका पदाधिकारी ज्यु तथा संचारकर्मी ज्युहरुको उपस्थितीमा उक्त कार्यक्रम सुसम्पन्न भएको छ।