भारतबाट लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने विशेष सूचनाको आधारमा बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा सवार व्यक्ति संकास्पदरूपमा मो.सा.चलाइ आइरहेकोमा रोकि चेकजाँच गर्न खोज्दा उक्त मो.सा.मा सवार ब्यक्ति भाग्न खोजेको अवस्थामा नियन्त्रण लिने क्रममा प्रहरी टोलीले पेस्तोल बाट दुई राउण्ड गोली फायर गरी मो.सा.चालक भारत बिहार पूर्वी चम्पारण रक्सौल बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निम्न उल्लेखित लागु औषध तथा हातहतियार बरामद गरि प्रहरी कारवाहीको क्रममा निजको वाँया खुट्टाको घुँडामुनि गोली लागी घाइते भएकोमा तत्कालै उपचारको लागि नारायणी अस्पतालमा लगि उपचार पश्चात यस कार्यालयको नियन्त्रणमा राखि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


बरामद लागु औषध तथा हतियारको विवरणः-

१) Made In USA No 11 पेस्तोल) थान-१(एक)

२) ऐ.का.गोली राउण्ड-२ ( दुई )

३) लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ-४९ ग्राम

४) लागु औषध गाँजा-८८० ग्राम 

५) BR05AL 6139 नम्बरको मो.सा


बब्लु पासवान भन्ने गणेश कुमारको विगतका क्रियाकलाप तथा अपराधिक गतिविधीहरूः-

• मिति २०७३।०२।१३ गते जिल्ला बारा महागढीमाई न.पा.वडा नं.१ पसाहा पुल नजिक वीरगञ्ज बस्ने सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकार रहेको ।

• मिति २०७९।०६।०३ गते काठमाण्डौ गोठाटार स्थित लाल मोहमदको हत्यामा सलंग्न रहेको ।

• छिमेकी राष्ट्र भारतमा रही पर्सा जिल्ला तथा तराईका जिल्लाहरूमा अपहरण गर्न लगाउने ।

• साना हतियार तथा लागु औषधको कारोवार गर्ने गरेको ।

• नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने गरेको ।

• ठुला उधोग व्यसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा ज्यान मार्ने धम्की दिने गरेको ।