ड्राइभिङमा अनुभवी नभएका र ड्राइभिङ लाइसेन्स दलालहरूसँग मिलेर सहजै तरिकाले प्राप्त गर्नुको नतिजा यस्ता घटनाहरूले प्रष्ट पारिरहेका छन्।
१४ साउन बीरगञ्ज -अति नै दुःखद खबर पोखरापछि फेरि अर्को कैलालीमा स्कुल बस दुर्घटना भएको छ।
सोमबार (आज) दिउँसोे गोदावरी ८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिगं स्कुलको से०१००१ख२१८२ नम्बरको बस दुर्घटना भएको हो ।कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थीत बल्मीमा स्कुल बस दुर्घटना भएको छ ।
विद्यालयको समय सकिएपछि विद्यार्थीहरुलाई छोड्न घर घर तिर जान लागेको उक्त बस सडक छेउमा दुर्घटना भएको हो । बसमा २७ जना विद्यार्थी रहेको र दुर्घटनामा २ जना घाइते भएको स्याउले अस्थाई प्रहरी पोस्टले जनाएको छ ।
घाइते हुनेमा विप्लब खड्का र प्रकाश रावत रहेका छन् । उनीहरुलाई उपचारको लागि पदमा अस्पताल लगिएको छ ।अन्यको अवस्था सामान्य रहेको बताईएको छ ।
बस चालक ३५ वर्षीय सैतुराम चौधरीलाई नियन्त्रणमा लिईएको र घटनाको थप अनुसन्धान भईरहेको जनाईएको छ ।
यसरी घरिघरि स्कुल बस दुर्घटना हुनु अथवा बसहरु दुर्घटना हुनु ड्राइभरहरूको ड्राइभिङ लाइसेन्स तथा अनुभवमा एउटा आफैमा प्रश्नवाचक चिन्ह उठ्दैछ।