आज २०८१ बैशाख २ गते मधेस प्रदेशका विभिन्न जिल्लाका पोखरीमा चैती छठपर्व गर्न व्रतालुहरूको भिडभाड देखिनेछ ।चैती छठका लागि वीरगन्जको घडिअर्वा पोखरी, जनकपुरधामको गंगासागर सृंगारिएका छन्। चैती छठ पर्वमा मनोकामना पूरा हुने, चर्म रोग निको हुने, सन्तान प्राप्त हुने र परिवारमा खुसीयालीसँगै प्रशन्नता प्राप्त हुने विश्वास रहेको छ ।
कठोर ब्रत गरी मनाइने छठ पर्वको मधेसमा विशेष महत्व रहेको छ ।चैत्र महिनाको शुक्ल चुतुर्थी तिथीबाट छठ पूजाको ब्रतारम्भ हुने गर्छ। पर्वको पहिलो दिन नुहाएर खाने बिधी हुन्छ जसलाइ भोजपुरी भाषामा ‘नहाए खाए के दिन’ भने मैथलीमा ‘नहाय खाय’ भनिन्छ। यस दिन ब्रतालूले बिहानै नित्य कर्म गरि नुहाएर पवित्र भइ शुद्ध सात्विक भोजन ग्रहण गर्छ भने भोजनमा लसुन, प्याज,वर्जित गरिएको हुन्छ । भात पकाउने चामल अगहनी धानको मात्र ग्राह्य गरिन्छ । दाल रहर वा चना तथा तरकारी लौकाको हुनु अनिवार्य छ। कुनै कुनै ब्रतहरु निर्जला पानी सम्म नखाइ फलाहारी पनि हुने गर्दछन तर छठ ब्रतमा रसियाव–रोटीको प्रसाद खाइ २ दिन निराहार निर्जला ब्रत बसिन्छ।
छठ पूजाको विशेषता अस्ताउदो सूर्यलाइ अघ्र्यदान दिइ उदाउदो सूर्यलाइ समेत अघ्र्यदान दिनु पनि हो।छठ पुजामा नदि पोखरीलाइ सजाइएको घाटमा बनाइएको निराकार ‘सिरसोप्ता’ माताको पुजा आजा गर्नेगरिन्छ। घाटमा पूजा गरेर घर फर्किएपछि भाकल पुगेकाहरु रात्रिमा आआफ्नो घरको आड्डनमा कोसी भरि आफ्नो भाकल पुरा गर्ने परम्परा रहेको छ ।
चैती छठ कार्तिक मासमा मनाइने छठ झै तड्क–भड्क नभएता पनि छठीमाता प्रति आस्थावान गृहस्थहरुले भाकल अनुसार व्रत–पूजन गर्ने गर्दछन । चैति छठ पूजामा भने व्रतालूहरुको संख्या न्यू नै रहेको पाइन्छ।